भक्तपुरमा नेमकिपा विजयी

भक्तपुर– भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् ।

मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका पाउनुभएको छ भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाउनुभयो ।

मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाउनुभयो ।

उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाउनुभएको छ ।

२०७४ को निर्वाचनमा पनि भक्तपुरमा नेमकिपा विजयी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.