महिला विश्वकप फुटबलः पहिलोपटक मोरक्को नकआउट चरणमा प्रवेश, दुई पटकको उपाधि विजेता जर्मनी समूह चरणबाटै बाहिरियो

पहिलोपटक विश्वकपमा डेब्यु गरेको मोरक्को फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गर्दा उपाधी दावेदार तथा दुई पटकको च्याम्पियन जर्मनी भने महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो सहभागितामै समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-० गोलले पराजित गर्दा अर्को खेलमा आफू अनुकूलको नतिजा निस्किएपछि मोरक्को समूह एचबाट उपविजेताको रुपमा प्रि-क्‍वाटर फाइनल प्रवेश गरेको हो ।

यसअघिको खेलमा उपाधी दावेदार मानिएको जर्मनीसँग ६-० गोलले पराजित भएको मोरक्कोले दक्षिण कोरियालाई भने १-० गोलले पराजित गरेको थियो ।

हिजै भएको समूह चरणको अर्को अन्तिम खेलमा जर्मनी कोरियासँग बराबरीमा रोकिनु र यता कोलम्बियाले मोरक्कोसँग हार व्यहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिन पुगेको हो । एक गोलले पछि परेको जर्मनीले कोरियासँग अन्तिम समयमा १-१ गोलको बराबरी खेलेको थियो ।

यो बराबरीसँगै समूह एचबाट तीन खेलमा चार अंक जोडेर जर्मनी तेस्रो स्थानमा रहँदा कोलम्बिया र मोरक्को भने समान ६ अंक बटुलेपनि गोल अन्तरले समूह विजेता र उपविजेताको रफमा नकआउट चरण पुगेका हुन् ।

कोरिया भने एक अंक बटुल्दै पूछारमा रहन पुगेको छ । प्रि-क्‍वाटर फाइनलका खेलहरु भोली अगष्ट ५ देखि अगष्ट ८ सम्म खेलिनेछ ।

भोलिको पहिलो खेल नेपाली समय बिहान १०.४५ बजे स्वीटजरल्याण्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल जापान र नर्वेबीच दिउँसो १.४५ बजे खेलिंदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.