आइपीएल क्रिकेटः कोलकोत्ता नाइटराइडर्स ४९ रनले पराजित

काठमाडौं- इन्डियन्स प्रिपियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकोत्ता नाइटराइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

युएईको अबुधाबीमा भएको पाँचौं खेलमा कोलकत्ता नाइटराइडर्सले टस जिती ब्याटिङका लागि निम्त्याएको मुम्बईले निर्धारित २० ओभरमा आफ्नो ५ विकेट गुमाउँदै १९५ रनको योगफल बनाएको थियो ।

जितको लागि १९६ रनलाई पछ्याउँदै मैदानमा उत्रिएको कोलकत्ता नाइडर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमा समेटिएपछि यो जित मुम्बईको हातमा गएको हो ।

क्याप्टेन रोहित शर्माले ५४ बलमा सानदार ८० रनको व्यक्तिगत योगफल जोडेवापत खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । आज साँझ हुने खेल किङ्ग्स इलेभेन र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.