तीन पटककी बिजेता सेरेना विलियम्स चोटका कारण फ्रेन्च ओपनबाट बाहिर

काठमाडौं- तीन पटककी बिजेता सेरेना विलियम्स चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम फ्रेन्च ओपनबाट बाहिरिएकी छन् । ३९ बर्षीया अमेरिकन विलियम्स मांसपेशीको चोटका करण प्रतियोगिता खेल्न नसक्ने भएकी छन् ।

आफ्नो व्यक्तिगत २४औं ग्रान्डस्ल्याम एकल उपाधि दौडमा रहेकी सेरेना प्रतियोगिताको दोस्रो चरणमा बुल्गारियाकी त्वेताना पिरोनकोभासँग आज प्रतिस्पर्धा नगर्ने भएकी हुन् ।

विलियम्स मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लाम एकल उपाधिको रेकर्ड बराबर गर्न एक उपाधि मात्र टाढा छिन् । सोमबार, उनले रोल्याण्ड ग्यारोसमा पहिलो चरणको खेलमा क्रिस्टि आहन बिरुद्ध ७-६, ६-० को संघर्ष पूर्ण जित निकालेकी थिइन् । विलियम्सले २००२, १३ र १५ मा गरि तीन पटक फ्रेन्च ओपन जितेकी छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.