सेभिला र लिभरकुशन क्वाटरफाइनलमा

यूएफा यूरोपा लिगअन्तर्गत गएराति ४ खेलहरू भएका छन् ।

अन्तिम १६ अन्तर्गतका खेलहरूमा स्पेनिश क्लब सेभिलाले इटालियन क्लब रोमालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्‍यो । त्यस्तै अर्को खेलमा जर्मन क्लब बायर लिभरकुशनसँग स्कटिश क्लब रेन्जर्स १-० गोल अन्तरले पराजित भयो। ग्रीक क्लब ओलम्पियाकोसलाई विरुद्धको खेलमा इङ्लिश क्लब वुल्भ्स विजयी भयो।

अर्को खेलमा जर्मन क्लब आइनट्र्याक्ट फ्रान्कफर्टलाई स्वीश क्लब बेसलले १-० गोल अन्तरले हरायो। विजयी क्लबहरूले क्वाटरफाइलमा स्थान पक्का गरिसकेका छन्। कोरोनाभाइरस महामारीका कारण मार्च १२ देखि स्थगित भएको यूरोपा लिग बुधबारबाट सुचारू भएको हो। गए रातिबाट अन्तिम १६ का खेलहरू सकिएसँगै मंगलबार र बुधबार हुने क्वाटरफाइनलको समीकरण पनि तयार भएको छ।

मंगलबार हुने पहिलो क्वाटरफाइनल खेलमा ईटालियन क्लब ईन्टर मिलान र जमर्न क्लब बायर लिभरकुशन भिड्दैछन् भने दोस्रो खेल इङ्लिश क्लब म्यानचेस्टर यूनाइटेड र डेनिश क्लब कोपनहेगनबीच हुँदैछ। बुधबार युक्रेनी क्लब शख्तर डोनेस्क स्वीश क्लब बसेलविरुद्ध खेल्दैछ भने सोही दिनको अर्को खेलमा इङ्लिश क्लब वुल्भ्स र स्पेनी क्लब सेभिलाबीच हुँदैछ ।

यसैबीच च्यापियन्स लिगका खेलहरू पनि आजबाट सुरू हुँदैछ। आज राति पहिलो खेल म्यानचेस्टर सिटी र रियाल मड्रिडबीच हुदैछ भने अर्को खेल यूभेन्टस र लियोनबीच हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.