२०औं ग्रान्डस्लामको उपाधि जोकोभिचलाई

विम्वल्डन २०२१ अन्तर्गत पुरूषतर्फको उपाधि विश्व नम्बर एक नोभाक जोकोभिचले उचालेका छन् ।

लण्डनस्थित अल इङ्लिस क्लबको सेन्टर कोर्टमा खेलिएको फाइनल खेलमा सर्वियन जोकोभिचले सातौ बरियताका इटालीयन म्याटियो वेरेटिन्नीलाई ६-७ (४ दशमलव ७), ६-४, ६-४ र ६-३ को सेटमा पराजित गरेका हुन् ।

पहिलो सेटमा पराजित हुन पुगेका जोकोभिचले दोस्रो सेटदेखि सानदार पुनरागमन गरेका थिए । आफ्नो छैटौं विम्वल्डन उपाधीसहित जोकोभिचले २०औं ग्राण्डस्लाम उपाधी उचाल्दै कीर्तिमानी बराबरी गरेका छन् । उनले रफायल नाडाल र रोजर फेडेररको २०औं ग्राण्डस्लाम उपाधी बराबरी गरेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.