इङ्लिस प्रिमियर लिग : एभर्टनको आर्सनलमाथि जित

इङ्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि जित दर्ता गरेको छ ।

आफ्नो घरेलु मैदान गुडिसन पार्कमा आज बिहान सम्पन्न खेलमा एभर्टनले आर्सनललाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफको ४४औं मिनेटमा एभर्टनका रिचारलिसनले गरेको गोल भी.ए.आर.ले अफसाइड घोषित गरेको एक मिनेटमै मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक गोलले पछि परेको एभर्टनका रिचारलिसनले खेलको ७९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयपछिको अतिरिक्त समयमा एभर्टनका डिमाराईले अर्को गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरेका थिए ।

एभर्टनले आफ्नो घरेलु मैदानमा आफूभन्दा बलियो मानिएको आर्सनललाई पराजित गर्दै १८ अंकसहित बाह्रौं स्थानमा उक्लन सफल भएको छ । आर्सनल २३ अंकसहित सातौं स्थानमा रहेको छ भने शीर्ष स्थानमा साविक विजेता म्यानचेष्टर सिटी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.