युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

काठमाडौँ- स्पेनिस क्लब रियलले म्याड्रिडले युरोपको प्रतिष्ठित प्रतियोगीता UEFA च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

आज विहान इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

दोस्रो हाफमा दुई गोल गर्दै रियलले कीर्तिमानी १५ औं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले दोस्रो हाफमा दुई गोल गर्दै किर्तिमानी जित निकालेको हो ।

रियलले ७४औं मिनेटमा डानी कार्भाजलको गोलबाट अग्रता लिदा ८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्‍यो । कार्लो एन्सेलोटीले प्रतियोगितामा प्रशिक्षकको रूपमा आफ्नो पाँचौं उपाधि जिते ।

खेलाडीहरुमा क्रुससहित कार्भाहल, नाचो र लुका मोड्रिचले रियल म्याड्रिडबाट छैटौं पटक उपाधि जित्न सफल भए ।

च्याम्पियन्स लिगमा रियलपछि एसी मिलानले ७ पटक उपाधि जितेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.